काठमाडौं,नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी दिर्देशक विकल पौडेल पक्राउ परेका छन् । बयानका लागि बारम्बार बोलाउदा पनि उनीहरु नआएपछि अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । दुवै जनामाथि यसअघि भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । समाचार स्रोतका अनुसार उनीहरुलाई आज पक्राउ गरिएको छ ।