काठमाडौं,उदयपुर सिमेन्ट उद्योगका तत्कालिन महानिर्देशक सुरेन्द्र कुमार पौडेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उनीसहित तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा,तत्कालीन का.मु उपनिर्देशक पवन कुमार लाल कर्ण,तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल,अधिकृत नवौं डेमलाल खनाल,तत्कालीन प्रबन्धक कमलराज पौडेल,तत्कालीन निर्देशकद्वय प्रा.धु्रब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।