अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू ह्याम्पसायरमा आफ्ना प्रतिद्वन्द्वी निक्की हेलीलाई पछि पार्दै ह्वाइट हाउसमा अर्को कार्यकालका लागि रिपब्लिकन उम्मेदवारको मनोनयनका लागि आफ्नो पकड बलियो बनाएका छन् ।मत परिणामलाई पूर्व राष्ट्रपति ट्रम्पलाई मङ्गलबार रातिदेखि प्राप्त भएका केही पाठका रूपमा ट्रम्पका सहयोगी तथा शुभेच्छुकले उल्लेख गरेका छन् ।
आयोवा र न्यू ह्याम्पसायर दुवैमा जित हासिल गरेका कुनै पनि रिपब्लिकनले अहिलेसम्म मनोनयनको लडाइँ हारेका छैनन् । यो ऐतिहासिक तथ्य ट्रम्पका लागि उपहार भएको छ । धेरै कानुनी घोटालाहरू र राष्ट्रपतिको रूपमा अराजकताले भरिएको रेकर्डको बावजुद पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोभेम्बरमा हुने पार्टीको प्रवल दावेदारको रूपमा व्यापक चर्चा गरिएको छ ।
यो दौड अब नेभाडामा गएको छ भने अर्को महिना हेलीको गृह राज्य साउथ क्यारोलिनामा निर्वाचन हुनेछ । नेभाडामा ट्रम्पले पहिले नै शतप्रतिशत जीतको दाबी गरिसकेका छन्। साउथ क्यारोलिनामा ट्रम्पले पूर्व गभर्नरसमेत रहेका हेलीभन्दा लगभग ३० प्रतिशत अङ्कले अगाडि ल्याउने दावी गरे।
महिनौँ लामो प्रक्रियामा सबै ५० राज्यले आफ्नो मत राख्नेछन् । रिपब्लिकनहरूले अप्रिलसम्म वा अझ त्योभन्दा चाँडै नै आफ्नो उम्मेदवार को बनाउने भन्ने लगभग निश्चित हुनेछ ।“म भन्छु कि आम चुनाव आज राति सुरु भैसकेको छ,” ट्रम्पलाई समर्थन गरेका पूर्व रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीले मङ्गलबारको प्राइमरी निर्बाचन परिणामपछि भने ।
आयोवामा तेस्रो र न्यू ह्याम्पसायरमा दोस्रो स्थानमा रहेकी हेलीको स्थिति अनिश्चित छ । तर उनले आफ्ना समर्थकहरूलाई आफू अझै पनि प्रतिस्पर्धामा रहेको र कमसेकम साउथ क्यारोलिनासम्म आफ्नो निर्वाचन यात्रालाई अघि बढाउने बताएका छन् ।“यो दौड अझै सकिएको छैन”, उनले भने , “दक्षिण क्यारोलिनाका मतदाताहरू ‘राज्याभिषेक’ चाहँदैनन्, उनीहरू चुनाव चाहन्छन् र हामी तिनीहरूलाई मताधिकार दिनेछौँ ।”
तर उनले अन्य पराजित प्रतिद्वन्द्वीहरू र उनीहरूका ठूला दाताहरू पहिले नै ट्रम्पलाई आकर्षित गरिरहेका छन् भन्ने तथ्यका कारण धेरै बाधाहरूको सामना गर्नु पर्ने देखिन्छ ।डार्टमाउथ कलेजका प्राध्यापक रस मुइरहेडले एएफपीसँगको कुराकानीमा भने , “हेलीले साउथ क्यारोलिनामा ट्रम्पसँग प्रतिस्पर्धा गर्न सक्नुभएन यसले के बताउँछ भने अब उहाँको दौड समाप्त भएको छ ।
उनले प्रत्यक्ष टेलिभिजनमा कसम खाँदै संयुक्त राज्य अमेरिकालाई ‘असफल देश’ मा परिणत गराइएको तर अब प्रतिद्वन्द्वीहरूसँग बदला लिने प्रतिज्ञा गरे । उनको त्यो भाव त्यो रात विजेता बनेपछि आएको थियो ।ट्रम्पसँग विजयमा उदार हुने स्पष्ट अवसर थियो, तर उहाँ न्यू ह्याम्पसायरमा यसलाई लिन असफल भए। ह्याम्पसायरको नतिजापछि ट्रम्पले सञ्चारमाध्यममार्फत् सार्वजनिक धारणामा हेलीले हार स्वीकार नगरेको भन्दै लामो आलोचना गरेका थिए ।
अवैध आप्रवासन, इन्धनको मूल्य र राष्ट्र टुक्रिने उनको डिस्टोपियन (खराब)दृष्टिकोणको बारेमा चर्को आलोचना गर्नुअघि उनले भने, “उनी नराम्ररी असफल भए ।”उहाँले सन् २०२० को राष्ट्रपतीय निर्वाचन र न्यू ह्याम्पसायर राज्यमा आफू विजयी भएको भन्ने आफ्नो ‘झूटो दाबी’लाई पनि दोहो¥याए । हेलीले चाँडै नै आफूलाई अनुसन्धानको दायरामा ल्याउन सक्ने बताउँदै ट्रम्पले आफूलाई जित्नेहरूलाई फिर्ता बोलाउने धम्की दिए ।
“मलाई धेरै रिस उठ्दैन तर म पनि रिसाउँछु,” ट्रम्पले भने।हेली अभियानले ट्रम्पको भड्किलो भनाइप्रति तुरुन्तै जवाफ दियो, “यदि ट्रम्प यति राम्रो अवस्थामा हुनुहुन्छ भने उहाँ किन यति रिसाउनुभएको छ रु” न्यू ह्याम्पसायरको निर्बाचन सर्भेक्षणले रिपब्लिकन मतदाताका बारेमा रोचक विवरण प्रस्तुत गरेको छ र ट्रम्पले आफ्नो आधारभन्दा बाहिर कसरी विस्तार गर्नुहुनेछ भन्ने प्रश्न उठाएको छ ।ट्रम्पका समर्थकहरु सबैतिर छन् । ट्रम्प कुनै अपराधमा दोषी ठहरिए पनि राष्ट्रपतिका रूपमा काम गर्न योग्य ‘छन्’ कि ‘छैनन’ भन्ने प्रश्नमा ८७ प्रतिशतले ‘छन्’ भन्ने पक्षमा राय दिएका छन् ।
हेलीको उदारवादी समर्थकमा यो सङ्ख्या १२ प्रतिशतमा झरेको छ ।ट्रम्पका अनुयायीहरूले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा बाइडेनले वैधानिक रूपमा राष्ट्रपति पद जितेको मान्न नसकिने बताएका छन् भने हेलीका १३ प्रतिशत मतदाताले मात्र यसमा सहमति जनाएका छन् ।
न्यू ह्याम्पसायरमा राष्ट्रपति बाइडेन पनि स्वयं विजयी भएका थिए । उनी मतदानमा समेत सहभागी भएका थिएनन्।न्यू ह्याम्पसायरका डेमोक्र्याटहरूले राष्ट्रिय पार्टीको इच्छाविपरीत मङ्गलबार आफ्नो प्राथमिक मतदान गर्न जोड दिएका कारण राज्यको मत विशुद्ध साङ्केतिक भएको थियो । बाइडनले उम्मेदवारको कागजी प्रक्रियासमेत भर्नुभएको थिएन ।
ट्रम्प र हेलीलाई प्रतिस्पर्धाबाट बाहिर राख्दै ट्रम्प नै राष्ट्रपतिको उम्मेदवार भएमा के होला भन्ने विषयमा वर्तमान राष्ट्रपति बाइडेनले ट्रम्पले भर्जिनियामा प्रजनन अधिकारलाई अगाडि र आफ्नो पुनः चुनाव बोलीको केन्द्रमा राख्दै तर्क गर्नुभयो, “ट्रम्प गर्भपतनसम्बन्धी थप प्रतिबन्धका लागि ‘गलत निर्णयमा गएको के अमेरिकी नागरिकले भुलेका छन् र? कदापि भुलेका छैनन् ।”न्यु ह्याम्पसायरमा भएको मतदानपछि बाइडेनले ‘ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुनेछन्’ भन्ने अभिव्यक्ति दिएका थिए । बाइडेनले देशलाई आफ्नो सन्देश ट्रम्प नै रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकालाई त्योभन्दा बढी जोखिम केही हुननसक्ने बताएका थिए ।रासस