सल्यान । आफ्नै श्रीमती २८ वर्षीया सिमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको छ । मोहनले आपसी झै–झगाडामा सिमाको हत्या गरेको खुल्न आएपछि उनलाई छत्रेश्वरी गाउँपालिका–५ ढाकुडाँडास्थित जंगलमा लुकिछपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । उनी उपर ज्यानसम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सल्यानबाट आठ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।