नयाँ दिल्ली, जेठ १४
सोमबारदेखि आन्तरिक उडान सुरु गरेको भारतमा उडानमार्फत विभिन्न गन्तव्य जाने यात्रुहरूको संख्या ५८ हजार ३ सय १८ पुगेको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोमबार देशका विभिन्न स्थानबाट कुल ८ सय ३२ उडान गरिएको थियो । सोमबारका उडानहरूमध्ये एउटा यस्तो उडान भएको छ जसमा एक पाँच वर्षका बालकले एकल हवाइ यात्रा गरेका छन् । तीन महिनादेखि दिल्लीमा फसेका पाँच बर्षीय बालक बिहान शर्माका लागि सोमबार दिल्ली–बैंग्लोरको यात्रा आफ्नी आमासँग भेट गर्ने अनौठो संयोग बनेको हो । परिवारबाट टाढा रहेका शर्मा दिल्लीमा आफन्तकहाँ बस्दै आएका थिए ।
बैंग्लोरमा शर्माकी आमाले उनलाई रिसिभ गरेकी हुन् । सोमबार जब बिहान बैंग्लोर एयरपोर्टमा पुग्दा उनकी आमा छोराको प्रतीक्षा गरिरहेकी थिइन् । उनले छोरा दिल्लीबाट आएको जहाजमा एक्लै आएका विमानका कर्मचारीले आफूलाई बताएको जानकारी गराइन् । एएनआईले एकल यात्रा गर्ने ती बालकको हातमा विशेष श्रेणीको कार्ड बोकेको तस्बिर सार्वजनिक गरेको छ । बिहान शर्मा केही दिनको छुट्टीमा दिल्लीमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएका समय लकडाउन भएपछि उनी तीन महिनासम्म आफ्नो काखबाट टाढा रहेको उनकी आमाले बताइन् ।