काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भाग नलिने भएका छन् । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले उनी कार्य व्यस्तताको कारणले मतदान गर्न नगएको जानकारी गराए ।

बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मतदान भइरहेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छिन् ।