सुनसरी । राष्ट्रियसभा सदस्य निर्वाचनमा कार्यव्यस्तता देखाउँदै धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले मतदान बहिस्कार गरेका छन् । आफू व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए ।
निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले राजधानी विराटनगरमा मतदान जारी रहेको बताउँदै अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न वाकि रहेको बताए ।
मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार बिरामी भएका कारण मतदान गर्न पाएनन् । सोमबार भएको गठबन्धनको भेलामा बेहोस भएर ढलेपछि नोबेल मेडिकल कलेजमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी गराएको छ ।