काठमाडौं । साताको सुरुवाती कारोबार दिन देखि नौं ओरालो लागेको सेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन पनि ओरालो लागेको छ । आज बिहिबार बजार परिसुचक नेप्से तीन दशमलव ९४ अंकले ओरालो लागेर दुई हजार ८४ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९६ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको ९१ हजार तीन सय ६४ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड १६ लाख ८९ हजार नौं सय ५५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, सामुहिक लगानी कोष र ट्रेडिङ उपसमुहहरुको सुचक उकालो लागेको छन् भने जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।