काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । नुवाकोट लिखु गाउँपालिका घर भई हाल काठमाडौंको नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।
न्यौपानेले सात जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक एक लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै ठगी गरेका थिए । उनले पीडितहरुबाट पटक पटक गरेर उक्त रकम लिएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ठगी गरेकाले उनलाई काठमाडौं माछापोखरीबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।