काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले यही माघ ११ गते काठमाडौंको नक्सालस्थित आम्रपाली बैंकेटमा आफ्नो छैठौँ वार्षिक साधारणसभा गरेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले संस्थापक सेयरधनी समूहमध्येबाट चार जना र सर्वसाधारण सेयरधनी समूहमध्येबाट दुई जना सञ्चालकको चयन गरेको छ ।