काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र एसियाली विकास बैंकका पदाधिकारीहरूबीच नेपालमा अटोमोबाइल बजारको सम्भाव्यताका बारेमा छलफल भएको छ । नाडाको सचिवालय टेकुमा आइतबार सो छलफल भएको हो ।
सो छलफल खासगरी नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनको व्यवसायमा देखिएका चुनौतीहरू र त्यसका विषयमा पाठयक्रम बनाई अगाडि बढ्ने विषयमा केन्द्रित थियो । यसबारेमा अर्कोपटक अझ गहन छलफल गर्ने तय गरिएको नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए । छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल, डा सुमित पोखरेल, चन्दन सापकोटा, रुपक शर्मा तथा कृष्ण पाठकलगायतको सहभागी थियो ।