काठमाडौँ । मृत अवस्थामा ललितपुरको मंगलबजारस्थित नकिबहालमा भेटिएकी जर्मन महिला (जर्मन घर भएर हाल ललितपुर बस्ने) एडि इल एचइडीको मृत्यु शंकास्पद देखिएको छ । उनी मृत अवस्थामा राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा फेला परेकी हुन् । करिब ५५–६० उमेरकी मृतक महिलाको टाउकोमा चोट देखिएको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको बताइएको छ ।