काठमाडौं । केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै दुई लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै एक जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वहरुसँग नजिकको सम्बन्ध रहेको भनि सर्वसाधारणलाई विभिन्न वहाना वनाई ठगी गर्ने गरेको समेत खुल्न आएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।