काठमाडौं । गत कात्तिक १६ गतेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुँदै आएका सरकारी कार्यालयहरू आजबाट साँझ ५ बजेसम्म खुल्ने भएका छन् ।

चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै हुने तय गरिएको थियो । माघ १६ पछि भने कार्यालय समय १० देखि ५ बजेसम्म नै हुने गरेको छ ।