काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही माघ २८ गते आफ्नो २३औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । बैंकको काठमाडौंस्थित आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने वार्षिक साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।