ललितपुर । कतार पठाइदिन्छु भन्दै करिब तीन लाख ठगी गर्ने एक युवा पक्राउ परेका छन् । दुई लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा बिष्णुपुर गाउँपालिका घर भई ललितपुरको ईमाडोलमा बस्ने २४ वर्षीय मनोज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार साहले एक जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ४५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेका थिए । पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।