काठमाडौं । क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ३८ लाख ६२ हजार दुई सय ९३ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक करोड ६६ लाख २९ हजार दुई सय ३१ रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
हाल चुक्ता पुँजी २६ करोड २५ लाख ६७ हजार छ सय रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ५२ करोड ५२ लाख ५३ हजार छ सय १३ रुपैयाँ निक्षेप संकलन गरी ३४ करोड ७१ लाख ४२ हजार दुई सय ९७ रुपैयाँ कर्जा प्र्रवाह गरेको छ । सो अवधिमा ४४ लाख ४५ हजार नौ सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा २७ दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर पाँच दशमलव ९६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६३ करोड २८ लाख १३ हजार एक सय ४८ रुपैयाँ निक्षेप संकलन गरी ४८ करोड १७ लाख ३५ हजार तीन सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९० लाख ७४ हजार आठ सय ७५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव १७ प्रतिशत रहेको थियो ।