काठमाडौं । नेपाल एसबीआई बैंक लि र इ–सेवा मनी ट्रान्सफर प्रालिबीच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतासँगै नेपाल एसबीआई बैंकका सम्पूर्ण शाखाहरू र इ–सेवाका विभिन्न एजेन्टहरूमार्फत भुक्तानी सेवा प्राप्त गर्न सकिने भएको छ ।
सम्झौतामा नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मलहोत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्यालका साथै इ–सेवाका इनोभेसन एन्ड अपरेसन म्यानेजर सूमित भण्डारीको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा तथा इ–सेवा मनी ट्रान्सफर प्रालिका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले संयुक्तरूपमा हस्ताक्षर गरेका थिए ।