काठमाडौं । समृद्धि फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड १३ लाख ४५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नोक्सानी सात करोड ७३ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ५३ करोड ७५ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४१ करोड १८ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ५८ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ४८ करोड २० लाख ८१ हजार रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ६१ करोड छ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड ३१ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ४६ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९४ प्रतिशत रहेको थियो ।