काठमाडौं । स्कुटर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने ४४ वर्षीया सन्तोषी खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–३२ अष्टाङगस्थित सडकमा बा.७३ प ४९२७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।