काठमाडौं,वाँसबारी छालाजुत्ता काराखानाको जग्गा घोटालामा दाई विनोद चौधरीले गरेको बदमासीमा संलग्न भएको आरोपमा पक्राउ परेका चौधरी गु्रपमा अरुण चौधरीलाई दुई दिनमा अनुसन्धान नसके हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।
गत विहिबार पक्राउ परेका चौधरीलाई चार दिन थुनामा राख्न दिएको शुरुको म्याद सकिएपछि सोमबार तीन दिन म्याद थप्न काठमडाौं जिल्ला अदालत लैजाँदा अदालतले दुईदिनमा अनुसन्धान सकेर उपस्थित गराउनु भनेको भए सर्वस्वीकार्य हुने थियो अथवा दुई दिनमा अनुसन्धान सकेर जमानीमा छाड्नु भनको भएपनि त्यति अस्वाभाविक हुने थिएन तर दुई दिनमा अनुसन्धान नसकिए पनि जमानीमा छाड्नू भने अस्वाभाविक आदेश दिएको छ ।
अनुसन्धाननै नसकि दुई दिनमा छाड्नु पर्ने हो भने तत्काल जमानीमा छाडेर अनुसन्धान गर्न आदेश गरेको भए कस्को के जान्थ्यो र भन्ने प्रश्न पनि उठेको छ। आखिर पावर रसलमा उत्रिएपछि लाज किन ? प्रधानमन्त्री प्रचण्डसँको व्याक्तिगत अनौपचारिक लेनदेनको कुरो नमिलेपछि तर्साउन समातिएको भनिएका चौधरीलाई अदालत दुई तिन अघिनै दुईदिनपछि छाड्ने आदेशपछिको कति बलियो भन्ने मैदानमा छर्लङ्ग देखिएको छ ।