काठमाडौँ । सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका थिए । अध्यक्ष दाहालले चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँए ।
बैठकमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसदीय मैत्री समूह गठन, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो ।