काठमाडौं । सानोठिमी क्याम्पस प्रमुखले आफ्ना माग सुनुवाइ नगरेको भन्दै विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् । मंगलबार नेकपा माओवादीको विद्यार्थी संगठन बाहेक अनेरास्ववियु, नेविसंघलगायत पाँच संगठनले कुर्सी रुखमा झुण्ड्याइदिएका हुन् । संगठनले अवैध रुपमा होस्टेलमा छात्रावास भएको भन्दै त्यसलाई निकाल्न माग गरेको थियो । अवैध रुपमा बसेकालाई निकाली ३० दिनभित्र कोटा अनुसार राख्न पाँच संगठन र क्याम्पस प्रमुखको सहमति भएको थियो । क्याम्पस प्रमुख बाहिर गएका बेला माग पूरा नभएको भन्दै पाँच संगठनले कुर्सी झुण्ड्याएको तर पछि कुरा मिलेपछि कुर्सी यथास्थानमा राखेको सानोठिमी प्रहरीले जनाएको छ ।