काठमाडौं । पुवाखोला–वान हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही फागुन तीन गते काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा आफ्नो छैठौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, कम्पनीको जगेडा सेयर बिक्री गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।