काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को आयोजनामा आज बिहिबार वृहत मोटरसाइकल र्याली हुने भएको छ । ‘नेपाल भरिका सहकारीपीडित बचतकर्ता एक हौं । निक्षेपको साँवा व्याज अविलम्व फिर्ता र सुनिश्चतताको लागि आफै लडौं’, भन्ने नाराका साथ आज बिहान ११ बजे काठमाडौंमा वृहत र्याली हुने भएको हो ।
उक्त र्याली बालाजु, नयाँ बसपार्क, गोंगबु, सामाखुशी, बसुन्धारा, टोखा(केन्द्र विन्दु बिजी मल), बल्खु, किर्तिपुर, कलंकी, थान्कोट, चन्द्रगिरी, सितापाइला, स्वयोम्भु(केन्द्र विन्दु कालिमाटी), कोटेश्वर, इमाडोल, लुभु, ग्वार्को, सातदोबाटो, एकान्तकुना, लगनखेल(केन्द्र विन्दु जावलाखेल) तिनकुने, सिनामंगल, बानेश्वर एयरपोर्ट, गौशाला, सिफल, मुलपानी, पेप्सीकोला (केन्द्र विन्दु सिफल चौर) चाविहिल, वौद्ध, जोरपाटी, कपन, सुकेधारा, बसुन्धारा, चक्रपथ, नारानथान(केन्द्र विन्दु शंख पार्क)बाट गरिने जनाइएको छ ।
आयोजकका अनुसार उक्त र्यालीपछि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा वृहत पत्रकार सम्मेलन गरिने छ । साथै, महासंघले देशभरका सहकारीपीडितलाई उक्त र्याली तथा पत्रकार सम्मेलनमा भाग लिन आह्वानसमेत गरेको छ ।