काठमाडौं । बेष्ट फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड आठ लाख ४७ हजार पाँच सय ७१ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ९७ लाख दुई हजार दुई सय ७६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८५ करोड ४८ लाख १६ हजार सात सय ७९ रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा चार अर्ब ७८ करोड ९२ लाख ९५ हजार छ सय दुई रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६१ करोड ६२ लाख ७२ हजार आठ सय ७९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ९७ लाख ९७ हजार सात सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ३० करोड ६८ लाख ३७ हजार आठ सय ९७रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले चार अर्ब १७ करोड १५ लाख ६२ हजार आठ सय पाँच रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड ९८ लाख ५४ हजार एक सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ८६ लाख २८ हजार चार सय ४६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५३ प्रतिशत रहेको थियो ।