काठमाडौं । मल्टीपर्पस फाईनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १२ लाख ४९ हजार पाँच सय ६३ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै एक करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा २३ लाख ३१ हजार छ सय नौ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड दुई लाख रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ६० करोड २५ लाख पाँच हजार नौं सय ६७ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३३ करोड ८६ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ८४ लाख २५ हजार तीन सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ५७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ५३ करोड आठ लाख ७५ हजार पाँच सय ७६ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १८ करोड २५ लाख ४६ हजार तीन सय २९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ६६ लाख ८२ हजार नौं सय ३७रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ७९ प्रतिशत रहेको थियो ।