काठमाडौँ । भारतको मुम्बईमा बिहीबारदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम) मेलामा नेपालले सहभागीता जनाएको छ । टानका महासचिव विनोद सापकोटाले उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको जानकारी दिए । उनले यसअघि नेपाल पर्यटन वोर्डले सहभागीता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको बताए ।
महासचिव सापकोटाले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटिएममा टानले सहभागिता जनाएको बताउँदै उनले आगामी फागुन १० देखि १२ सम्म भारतमा हुन लागेको दक्षिण एशियाको ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे)मा पनि टानले सहभागिता जनाउन लागेको बताए । नेपालको पर्यटन क्षेत्रमा ४५ वर्ष अनवरत क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।