काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रम आयोगको परिसरमा आज बिहिबार बिहान १० देखि ४ बजेसम्म गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा आयोगका आयुक्त जय बहादुर चन्द, आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्य तथा सचिव रामेश्वर दंगाललगायत एक सय ७५ जनाले रक्तदान गरेका थिए ।