काठमाडौं । फरार रहेका पोखरास्थित सूर्यदर्शन सहकारीको सञ्चालक समितिका एकजना सदस्य प्रमोद भट्टराई पक्राउ परेका छन् । प्रहरीले उनलाई बिहिबार काठमाडौंबाट पक्राउ गरेको हो । सुनसरीको इनरुवा नगरपालिका–५ का ३० वर्षीय भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा काठमाडौंस्थित गोकर्णेश्वर–४, माकलबारीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई बिहिबारै साँझ कास्की पुर्याएको छ ।