काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही फागुन एक गते काठमाडौंको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा आफ्नो १४ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।