काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानाडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भरतराज पौड्याललाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा र शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।