ब्रसेल्स । युरोपेली संसद् र सदस्य राष्ट्रहरूबीच शनिबार बिहानै युरोपेली संघ (ईयू) को बजेटरी नियममा सुधार गर्ने विषयमा सहमति भएको छ ।
सन् १९९० को दशकको उत्तराद्र्धमा सिर्जना गरिएको स्थिरता र विकास सम्झौताको रूपमा चिनिने वर्तमान नियमहरूलाई आधुनिकीकरण गरेको छ । यसले देशहरूको ऋणलाई कुल गार्हस्थ उत्पादनको ६० प्रतिशतमा सीमित गर्दछ र सार्वजनिक घाटालाई तीन प्रतिशतमा सीमित गर्छ ।
युरोपेली संघको परिषद्का बेल्जियन अध्यक्षले १६ घण्टाको वार्तापछि सम्झौता भएको बताएका छन् । ईयू प्रमुख उर्सुला भोन डेर ईयूको आर्थिक शासनको महत्वाकांक्षी सुधारमा राजनीतिक सम्झौता भएकोे बताए ।
नयाँ नियमहरूले ईयू देशहरूलाई उनीहरूको सार्वजनिक वित्तलाई सुदृढ गर्दै उनीहरूको शक्तिमा लगानी गर्न सक्षम बनाउने बताइएको छ । युरोपेली संघले जर्मनीजस्ता अधिक मितव्ययी सदस्य राष्ट्र र खर्चमा अधिक लचीलोपन चाहने फ्रान्स र इटालीजस्ता अन्य देशहरूद्वारा समर्थित सुधारहरूमा पुग्न दुई वर्ष गहन प्रयास गरेका थिए ।
बर्लिन र पेरिसबीचको लामो विवादपछि २७ सदस्य राष्ट्रले डिसेम्बरमा एउटा सम्झौता गर्दै युरोपेली संसद्का वार्ताकारहरूसँग यस बिषयमा वार्ता सुरु गरेका थिए ।