यो सुलसुले बेलबेलामा आफूसँग पढेका र सिंहदरवारभित्र सेवा गर्ने कार्यालय सहयोगीदेखि मन्त्रालयका सचिवसँग भेटघाट गर्न रुचाउँछ । यसै क्रममा आज प्रशासकीय अदालतमा कोही साथी सहपाठी सहकर्मीहरु छन् कि भनेर छिरेको के थियो । टेबुलहरु परेवाका प्वाँखैप्वाँखले भरिएका थिए । भर्याङ पूरै कसिंगरले भरिएको थियो । यसो भित्तामा हेरेँ, प्रशासकीय अदालतको अक्षर र संकेत रहेछ । संकेतले देखाएकोतर्फ खुड्किलो बढाएँ, बारमा दुईवटा क्यारेमबोर्ड ठडाइएको रहेछ । मैले विचार गरेँ- सिंहदरवारभित्र खेल त प्रशस्तै हुने गर्छ । यो एउटा सिंहदरवारको अस्तव्यस्तताको नमूना हो जसले देशको गञ्जागोलको झल्को दिन्छ ।