काठमाडौं । काठमाडौंको गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुबै घटनाको आरोपीलाई आइतबार पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–९ गौशालास्थित सिरहा धनुषा होटल एन्ड लजमा शनिवार एक महिला मृत भेटिएकी थिइन् । एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन् भने उनीसँगै आएका पुरुष फरार थिए । त्यस्तै, शनिबार नै काठमाडौँको टोखास्थित एक टहरोमा दिपेश खड्का मृत भेटिएका थिए । उनको पनि हत्या भएको आङ्कामा अनुसन्धान टोली खटाइएकोमा दुवै घटनाका आरोपी पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । तर, आरोपीहरुको पहिचान खुलाइएको छैन । उक्त दुवै घटनाको विषयमा आज सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जनाइएको छ ।