काठमाडौं । शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बास्डरको रूपमा नियुक्त गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले अभिनय क्षमताले पछिल्लो समय निकै लोकप्रिय रहेकी अभिनेत्री खड्कालाई कम्पनीले ब्रान्ड एम्बास्डर नियुक्त गरेको जानकारी दिए ।
अभिनेत्री खड्कासँगको शाओमीकोे सहकार्यले कम्पनीलाई अझ उचाइमा लाने उनको विश्वास थियो । यस्तै, नवनियुक्त ब्रान्ड एम्बास्डर खड्का शाओमीजस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्रान्डको ब्रान्ड एम्बास्डर हुन पाउँदा निकै गौरवान्वित भएका बताइन् । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र एआईओटी प्रोडक्टहरू प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र आफ्नो व्यक्तिगत लक्ष्य मेल खाने उनको भनाइ थियो ।