विवादास्पद व्यापारी समूह(बिशाल ग्रुपले बाल मन्दिरको २८ रोपनी जग्गा हडपेको बैध निकट विद्यार्थी संगठन(अनेरास्वियू) कान्तिकारीले बताएको छ । काठमाडौँको मालिगाउँ स्थित बृहस्पति विद्यासदन स्कूलमा सोमबार भएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ३ नम्बर प्रदेश संगठन समितिले आयोजनामा गरेको कार्यक्रममा उक्त बिषय उठान भएको हो ।
नेपालकै चर्चित व्यापारीक घराना विशाल ग्रुपले बाल मन्दिरको २८ रोपनी पाँच आना जग्गा लिजमा लिने नाममा अवैध रुपामा कब्जा गरेको बताएको हो । उक्त विद्यार्थी संगठनले बाल मन्दिरको २८ रोपनी जग्गा राज्यलाई तत्काल फिर्ता गरि विशाल ग्रुप सँग भएको समझौता खारेज गनुपर्ने माग समेत राखेको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारीका प्रदेश नम्बर तीनका संयोजक उषाकिरण आजाद (कामी),केन्द्रीय सह(संयोजक विरेन्द्र शाह, त्रि.वि विश्वविद्यलय संयोजक गोविन्द्र विष्ट, केन्द्रीय संचिवालय संयोजक डम्बर वं शाही लगायतका नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको थियो । उनीहरुले बिशाल ग्रुप बिरुद्ध बिभिन्न नाराबाजी समेत गरेका थिए ।