काठमाडौं । दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई ललितपुर महालक्ष्मी नगरपालिका बस्ने ६१ वर्षीय डुल बहादुर खड्का आइतबार दिउँसो पक्राउ परेका हुन् । खड्काले एक जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ९० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।