काठमाडौं । कोशी प्रदेशको विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली शङ्कास्पद वस्तु फेला परेको स्थानमा पुगेर डिस्पोज गर्ने तयारी गरिरहेका छन् । प्रहरीले घटनास्थललाई घेरा हालेर सुरक्षित गरेको छ । प्रेसर कुकर खाल्डो खनेर राखिएको छ ।