चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार सञ्चारकर्मीलाई धेरै कानुन अझै बन्न बाँकी रहेको बताउँदै संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताएका छन् ।
आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको अध्यक्ष तिमिल्सिनाले बताए । राष्ट्रियसभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । सरकारले नै विधेयक ल्याउन नसकेको उनले आरोप लगाए ।
सरकारले कानुन बनाउने कुरालाई प्रथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । संसद्मा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उनले बताए ।