न्युयोर्क । नेपाली अमेरिका कलाकार सङ्घ, नर्थ अमेरिकाको हालै सम्पन्न पाँचौँ महाधिवेशनमा वरिष्ठ कलाकार बसन्ती राई सर्वसम्मतिले नयाँ अध्यक्ष चयन भएका छन् । उनको अध्यक्षतमा १८ सदस्यीय कार्य समिति गठन गरिएको निर्वाचन आयुक्त सोमनाथ घिमिरेले जानकारी दिए ।
कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विमल डाँगी, उपाध्यक्षहरुमा राजेन्द्र राई विक्की पुलामी, शङ्कर बिसी, इटना कार्की र मधुर गिरी रहेका छन् भने महासचिवमा सङ्गीता थापा मगर, सहसचिवमा प्रेम सुनार, कोषाध्यक्षमा नविन श्रेष्ठ, सहकोषाध्यक्षमा पुष्पा बस्नेत, युवा संयोजकमा दिलीप श्रीस मगर, मिडिया संयोजकमा पुष्कर बराल छन्। त्यसैगरी वोर्ड अफ डाइरेक्टरहरुमा कुमार थापामगर, वीर घर्तीमगर, चिनियालाल श्रेष्ठ, माया मेलिसा राई र दिनेश सुनार रहेका छन् ।

वोर्डले बरिष्ठ गायक अभय ढुङ्गेललाई बरिष्ठ सल्लाहकार र निवर्तमान अध्यक्ष तथा वरिष्ठ गायिका निशा सुनार संरक्षक चयन गरेको छ ।
सानो उमेरदेखि अमेरिकामा नृत्य कला प्रस्तुत गर्दै क्यारियर बनाएकी वसन्ती राई पछि गायिका र केही वर्षदेखि न्युयोर्कका विभिन्न नेपाली समाजमा रही सामाजिक क्षेत्रमा पनि उत्तिकै सव्रिmय रहेका छन् । महाधिवेशनका सहभागी विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुले राईलाई बधाई दिँदै उनको कार्यकाल सफलताका शुभकामना दिएका थिए ।
महाधिवेशनका न्युयोर्कका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु, बुद्धिजीवीहरु, साहित्यकारहरु, पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।
बाजेको सुकुवा रेष्टुरेन्टमा भएको सो महाधिवेशनमा नेतृत्व चयनका लागि राजनीतिज्ञ सोमनाथ धिमिरेलाई प्रमुख निर्वाचन आयुक्त, वरिष्ठ कवियत्री गीता खत्री र सामाजिक अभियन्ता केशवराम राईलाई सहायक निर्वाचन आयुक्त तोकिएको थियो ।