काठमाडौं, कुमारी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा अमिर प्रताप जंगबहादुर राणा पुनर्नियुक्त भएका छन् ।

कुमारी बैंकको आइतबार बसेको नयाँ सञ्चालक समितिको बैंठकले बैंकको अध्यक्षको रुपमा कार्यरत रहेका राणालाई बैंकको अध्यक्षमा पुर्ननियुक्त गरेको हो । अध्यक्षको पदमा थप ४ वर्षको अवधिका लागि पुर्ननियुक्त गर्ने निर्णय भएको बैंकले बताएको छ ।