काठमाडौं । मोरङ अटो वर्क्स जेसीबी वेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३ द्वारा सम्मानित भएको छ । हालै पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रममा मोरङ अटो वर्क्सलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
जेसीबी युकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड तथा जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवाललाई संयुक्तरूपमा सो सम्मान प्रदान गरेका थिए । यस प्रकारको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा अत्यन्तै गौरवान्वित भएको कम्पनीले जनाएको छ ।