काठमाडौं । प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।
बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका उनले पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको देखाएर कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको प्रहरीले जनाएको छ ।