काठमाडौं, जेठ १९
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आइतबार नेपालमा मी सीरीजमा दुई फ्ल्यागशिप स्मार्टफोन—मी नोट १० लाइट र मी १० लन्च गर्ने घोषणा गरेको छ । मी १० नेपालका लागि पहिलो र सबैभन्दा नयाँ स्मार्टफोनको प्रीमियम फ्ल्यागशिप हो जसमा १०८ मेगा पिक्सल क्वाड क्यामेरा सेटअप, ५ जी कनेक्टिभीटिका लागि क्वालकम स्न्यापड्रेगन ८६५ मोबाइल प्लाटफर्म, थ्री डी कव्र्ड एमोलेड डिस्प्ले, शक्तिशाली ४७८० एमएएच ब्याट्री, र ३० वाट्ट वायरलेस चार्जिङ रहेको छ । मी नोट १० लाइटले ६.४७ इन्च एमोलेड डिस्प्ले, भर्सटाइल ६४ एमपी क्वाड क्यामेरा सेटअप, शक्तिशाली क्वालकम स्न्यापड्रेगन ७३० जी एसओसी र ठूलो क्षमता भएको ५२६० एमएएच ब्याट्री प्रदान गर्दछ । दुबै उत्पादनहरूले उत्कृष्ट विशेषताहरुको चयन गर्दै प्रीमियम स्मार्टफोन अनुभवको नयाँ उचाइमा पु-याउने कम्पनीको दाबी छ ।