बैध निकट युवासंगठनले दुग्ध बिकास संस्थानका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलेको छ । शुक्रबार बिहान ११ बजे काठमाडौंको लैचचौरमा दुग्ध बिकास संस्थानको केन्द्रिय कार्यालयमा क्रान्तिकारी युवा संघसंघठनले झा को कार्यकक्षमा छिरि कालोमसो दलि फरार भएका थिए । नेपाल प्रहरिको टोली घटनास्थलमा पुग्दा उनीहरुले छोडेको १ थान जकेट,२ थान साइड जुत्ता र १ थान साइड ब्याग बरामद गरि अनुसन्धान गरेको बताएको छ ।