आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा नेपालले टस जितेर पहिले फिल्डीङ गरेको छ । नेपालले राम्रो सुरुवात गरेको छ । खेल चलिरहदाँ नेपालले २ विकेट लिएको छ । नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। झिनो लक्ष्य पाएको नामिबियाले ६ विकेट गुमाएर ३३।१ ओभरमा आफ्नो लक्ष्य पुरा गरेको थियो । नामिबियाका लागि जान फ्राइलिन्क ३४,जान निकोल लोफ़्टी(ईटन ३१,माइकल वैन लिंगन २३ निकोलास डेविन १५ र जे जे स्मिथले नटआउट १७ रन हान्दै जित दिलाउन सफल भएका थिए ।
नेपालका लागि सोमपाल कामी ३ विकेट ललित राजवंशी २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपाललले नामिबियालाई १३३ रनको झिनो लक्ष्य दिएको थियो ।खेलको पहिलो इनिङ्समा नेपाल ४१।१ ओभरमा १३२ रन बनाउँदै अलआउट भएको थियो।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन,गुलशन झा २१,करन केसी १६,कुशल मल्ल १५,पवन सरापले १२ रन बनाउदाँ अरु कुनै पनि व्याटरले दोहोरो रन जोडन सकेका थिएनन। नामिबियाका बलर गेर्हार्ड इरास्मले ५ विकेट,रुबेन ट्रम्पलम्यान २,ज्याक ब्रासेल २ र जन निकोल लोफ्टी इटनले १ विकेट लिए । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खलाको आज नपालले डच टोलीसँग दोस्रो खेल खेल्न लागेको हो । घरेलु मेदानमा राम्रो क्रिकेट खेलीरहेको नेपाल र विश्वकपमा निकै राम्रो किक्रेट खेलेर दक्षीण अफ्रिका र बंगलादेशलाई हराएको डच टोलीको खेललाई निकै चासोपूर्वक हेरिएको छ ।