काठमाडौं, जेठ १९
युनिक नेपाल लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ५१ लाख २४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड तीन लाख ३२ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी नौ करोड ६८ लाख २० हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ७३ करोड १८ लाख ७९ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५५ करोड ८८ लाख ९६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १३ करोड ७० लाख १७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड १५ लाख १३ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ३६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३९ करोड ५० लाख चार हजार रूपैयाँ निक्षेप संंकलन गरी दुुई अर्ब १२ करोड १३ लाख ४१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको संस्थामा प्रोभिजन रकम एक करोड छ लाख ६३ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६७ प्रतिशत रहेको थियो ।