काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको वर्गीकरणमा ‘ए’ वर्गमा परेको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५को विनियम ११ बमोजिम ‘ए’ वर्गका सूचीकरण भएको हो ।
विनियमावलीमा चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेस गरेको तथा आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेकोलगायत मापदण्ड पूरा गरेका संस्थाहरू ‘ए’ वर्गमा पर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम ‘ए’ वर्गमा पर्न सफल भएको बैंकले जनाएको छ ।