काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँतसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा तीन सय जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो भने अस्पतालमा थप उपचार र शल्यक्रियामा पनि विशेष छुट दिइने भनिएको छ । प्रकाशजित आई हस्पिटल तथा नर्सिङ होम प्रालिको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा लघुवित्त महिला सदस्यहरूसँगै सो क्षेत्रका स्थानीयहरूको आँखा, कान र दाँतको स्वास्थ्य जाँच गरिएको थियो ।